शनिबार, आश्विन १७ गते २०८३

कुमारी बैंकले ल्यायो तिहार र छठ लक्षित क्यासब्याक अफर

कार्तिक ७, २०८१ बुधबार
कुमारी बैंकले ल्यायो तिहार र छठ लक्षित क्यासब्याक अफर

 

कुमारी बैंक लिमिटेडले तिहार र छठ लक्षित नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले चाडपर्व लक्षित गर्दै  ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको हो ।

बैंकले कार्तिक १४ देखि २२ गते छठ पर्वसम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिने बताएको छ । भाई टिका तथा किजा पूजाको दिनमा मोबाईल बैकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिने छ ।


साथै, अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।