शनिबार, आश्विन १७ गते २०८३

४० अर्ब निक्षेप खिँच्दै नेपाल राष्ट्र बैंक


कार्तिक ७, २०८१ बुधबार
४० अर्ब निक्षेप खिँच्दै नेपाल राष्ट्र बैंक

 

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैया निक्षेप संकलन उपकरणमार्फत् खिच्ने भएको छ । 

कात्तिक ७ बुधबार रु.४० अर्बको निक्षेप संकलन बोलकबोल हुने बारेको सूचना राष्ट्र बैंकले प्रकाशित गरेको हो । ७ दिनको लागि जारी निक्षेप संकलन उपकरण कार्तिक १४ गते साँवाव्याजसहित भुक्तानी हुनेछ । 

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउने छन् । 

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ । रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।