शनिबार, आश्विन १७ गते २०८३

यी विकास बैंक र वित्त कम्पनीलाई नेपाल राष्ट्र बैंकले गर्याे कारवाही


कार्तिक ६, २०८१ मंगलबार
यी विकास बैंक र वित्त कम्पनीलाई नेपाल राष्ट्र बैंकले गर्याे कारवाही

 

नेपाल राष्ट्र बैंकले विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०८१÷८१ को प्रथम त्रैमास अवधिमा इजाजतपत्रप्राप्त “ख” बर्गका विकास बैंक र “ग” बर्गका वित्त कम्पनी तथा संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई विभिन्न कैफियत अनुसार नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले  कारवाही गरेको हो । 

कारवाही हुनेमा सिन्धु विकास बैंक, साल्पा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् । ती संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको हाे । समयमा बैंकको वासलात तथा नाफा नोक्सान हिसाबको विवरण पेश नगरेको तथा स्वीकृत दरभन्दा अधिक ब्याजदर अन्तर कायम गरेकोमा ती विकास बैंकलाई कारवाही गरिएको जनाइएकाे छ ।  

त्यसैगरी जानकी फाइनान्स, गोर्खाज फाइनान्स,  प्रोग्रेसिभ फाइनान्स र रिलायन्स फाइनान्सका सञ्चालक समिति र प्रमुखका कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ । वित्तीय विवरण पेश गर्न ढिलाइ गरेको । संस्थाका सञ्चालक तथा कर्मचारीले स्वार्थ बाझिने व्यक्तिहरुसँग आर्थिक गतिविधि गरेको आधारमा उनीहरुलाई सचेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।