बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएपछि सन्तुलन कायम गर्न राष्ट्र बैंकले आज बिहीबार एक खर्ब रुपैयाँ बजारबाट खिच्न लागेको हो ।
निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकम बोल गर्न सकिनेछ । उक्त निक्षेप रकमको सावा र व्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले कात्तिक १४ गते फिर्ता दिने जनाएको छ ।
नेपालपत्र संवाददाता