माछापुच्छ्रे बैंकले केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर २४औं वार्षिकोत्सव मनाएको छ । साे अवसरमा बैंकले ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको जनाएको छ ।
त्यस अन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ । केहिदिन अगाडी मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ ।
बाढी पहिरोका कारण विभिन्न स्थानहरूमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरू रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैंकका विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट स्थानिय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको छ ।
बैंकले यस अवसरमा ग्राहकहरूलाई विभिन्न प्रकारका विशेष सुविधाहरू प्रदान गरेको छ । असोज १ देखि ३० गतेसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुट दिएको बैंकले जनाएको छ । बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता