नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ५० अर्ब रुपैयाँ बराबरको तरलता प्शोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता बढ्न थालेपछि ७ दिने निक्षेप संकलन उपकरणमार्फत रुपमा बजारबाट रकम उठाउन लागेको हो ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असोज २३ गते हुने बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
नेपालपत्र संवाददाता