शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्ल्यु–वृद्धि मोटर्स बीच इभी कर्जा सम्झौता


आश्विन १६, २०८१ बुधबार
राष्ट्रिय वाणिज्य बैंक र एमएडब्ल्यु–वृद्धि मोटर्स बीच इभी कर्जा सम्झौता


राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्ल्यु–वृद्धि मोटर्स प्रा.लि. बीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारीको नामी र सेरेस गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्नेछ ।

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडीको बढिमा ८०  प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्षसम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।