शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकले दुई रेमिट कम्पनीसँग गर्‍यो सम्झौता


आश्विन ११, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकले दुई रेमिट कम्पनीसँग गर्‍यो सम्झौता


राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर प्रा. लि. नियो रेमिट तथा युनाईटेड रेमिट प्रा. लि. बीच सम्झौता भएको छ । 

निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । दूरदराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्ने  बैंकले जनाएको छ । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ । 

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् भने युनाइटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका छन् । 

बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर सहित विविध डिजिटल सेवा प्रदान गर्दै आएको छ ।