शनिबार, आश्विन १७ गते २०८३

बैंक तथा वित्तीय संस्थाले कर्जाको वर्गीकरण गरी कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने


आश्विन ८, २०८१ मंगलबार
बैंक तथा वित्तीय संस्थाले कर्जाको वर्गीकरण गरी कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने

 

नेपाल राष्ट्र बैंकले आफूले प्रदान गरेका कर्जाको गुणस्तरको मूल्याङ्कन गरी सोहीबमोजिम विभिन्न वर्गमा वर्गीकरण गर्ने र जोखिमअनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने उल्लेख गरेको छ । 

वित्तीय सचेतनाका लागि जानकारी दिँदै राष्ट्र बैंकले कर्जा प्रदान गरेका परियोजना र व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा वा परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्नेमा सचते गराएको छ । 

व्यवस्था रहेकोमा कर्जा प्रवाह भई स्थापना भएको उद्योगरपरियोजना र व्यवसाय परिस्थितिजन्य कारणले संचालनमा नभए तापनि पूर्वनिर्धारित व्यवस्थाबमोजिम कर्जाको साँवा ब्याज नियमित रूपमा भुक्तानी भइरहेको त्यस्तो उद्योगरपरियोजनारव्यवसायमा प्रवाहित कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।