शनिबार, आश्विन १७ गते २०८३

ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात हस्तान्तरण

आश्विन ७, २०८१ सोमबार
ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात हस्तान्तरण

 

ज्योति विकास बैंकद्वारा १५ जना बालबालिकाहरुलाई कृत्रिम हात हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ को ई–नेबल नेपाल नामक संस्था मार्फत कृत्रिम हात प्रदान गरेको हो । 
 
ई–नेबल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले कृत्रिम हातहरु आवश्यकता भएका बालबालिकालाई प्रदान गरेका हुन् ।

प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुका साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने बैंकले विश्वास राखेको छ। कार्यक्रममा जन्मजात हात नभएका तथा कुनै दुर्घटनामा परी हात गुमाएका बालबालिकाहरुलाई उक्त कृत्रिम हात प्रदान गरिएको बैंकले जनाएको छ।

बालबालिकाको आवश्यकता अनुसार नाप लिई प्राकृतिक मानव हात अनुरुप चलाउन सकिने उक्त कृत्रिम हातहरु बालबालिकाको पठन(पाठनमा सहयोग तथा भविष्यमा हात नभएको कारण कुनै पनि अवसरबाट वञ्चित नहुन् भन्ने मनशायले बैंकले प्रदान गरिएको जनाएको छ।