शुक्रबार, कार्तिक ७ गते २०८३

माछापुच्छ्रे बैंकले  होस्टेल व्यवसायीलाई बिनाधितो पाँच लाखसम्म ऋण दिने

आश्विन ६, २०८१ आइतबार
माछापुच्छ्रे बैंकले  होस्टेल व्यवसायीलाई बिनाधितो पाँच लाखसम्म ऋण दिने


माछापुच्छ्रे बैंकले बिनाधितो दुईदेखि पाँच लाख रुपैयाँसम्म ऋण दिने भएको छ होस्टेल व्यवसायी संघ र माछापुच्छ्रे बैंकबीच बिनाधितो ऋण दिनेसम्बन्धी सम्झौता भएको हो ।

होस्टेल व्यवसाय सञ्चालन गर्न र गरिरहेकालाई व्यवसाय विस्तार गर्न ऋण दिने सम्झौता भएको संघका वरिष्ठ उपाध्यक्ष किरण शर्मा पंगेनीले जानकारी दिए । यस्तै, बानेश्वरस्थित एभरेस्ट हस्पिटलले होस्टेल व्यवसायी, विद्यार्थी र कर्मचारीलाई उपचारमा २० प्रतिशत छुट दिने सम्झौता गरिएको छ ।

संघको साधारणसभामा उपस्थित प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले होस्टेल व्यवसायी र विद्यार्थीलाई लागुऔषध, साइबर क्राइम तथा ट्राफिक नियमका विषयमा प्रशिक्षण दिन नेपाल प्रहरी सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरिन् ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता