ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–सामान खरिदको भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० रुपैयासम्म छुट दिने योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुने जनाइएको छ ।
नेपालपत्र संवाददाता