बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २५ स्थापना दिवस तथा रजत महोत्सव २०८१ सप्ताहव्यापी कार्यक्रम अन्तरगत प्रभातफेरी कार्यध्mम सम्पन्न भएको छ । बालकुमारी मन्दिर परिसरमा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले प्रभातफेरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
बालकुमारी मन्दिर परिसरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम दुईपोखरी, चपाचो, बहाखाबजार, गार्चा, नगदेश, सिद्धिगणेश मा.वि, मिलरोड, हुलाक रोड हुँदै बाहाखाबजार मध्यपुर बैंक्वेटमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा मध्यपुर थिमि नगरपालिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सहकारीसम्बन्धी गरेको विविध गतिविधिहरु बारे प्रकाश पारेका थिए । कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं.५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले १–२ प्रतिशत व्याजका लोभमा बाहिरबाट आएर संचालन गरेका सहकारीमा बचत गरेको कारण नगद जोखिम परेको बताए ।
सो अवसरमा बालकुमारी साकोस अध्यक्ष तुईलाल श्रेष्ठले संस्थाबाट गरेका कार्यहरु र सदस्यको बचत शतप्रतिशत सुरक्षित रहेको बताए । उनले संस्थाका कार्य भनेको बचत तथा ऋणको मात्र भएको र सदस्यलाई सहज वित्तिय सेवा प्रदान गर्नु समेत रहेको उल्लेख गरे ।
कार्यक्रम संचालन गर्दै संस्थाका सचिव पृथ्वीराम श्रष्ठले संस्थाले सदस्यप्रतिको दायित्व र सामाजिक उत्तरदायित्व यो २५ वर्षको यात्रामा निरन्तर गर्दै आएको भविष्यमा जारी रहने बताए ।प्रभातफेरीमा सहभागी संघ संस्था, विद्यालयलाई नगर प्रमख श्रेष्ठले प्रशंसापत्र वितरण गरिएको थियो ।
नेपालपत्र संवाददाता