मंगलबार, कार्तिक ११ गते २०८३

राजनीतिक भागबन्डामा बागमती प्रदेश सहकारी संघमा नयाँ सञ्चालक समिति


आश्विन १, २०८१ मंगलबार
राजनीतिक  भागबन्डामा  बागमती  प्रदेश सहकारी संघमा नयाँ सञ्चालक समिति


राजनीतिक भागबन्डामा बागमती प्रदेश सहकारी संघको नयाँ सञ्चालक समिति चयन भएको छ । संघको आज सम्पन्न भएको चौथो साधारण सभाले चार बर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन गरिएको संघमा नेकपा एमाले निकट सहारीकर्मीलाई ९,नेपाली काग्रेस निकटलाई ६ र माओवादी केन्द्र एवं नेकपा समाजवादी निकटलाई २/२ पद दिइएको छ । सहकारी बुझेका र अभियानलाई गति दिन सक्ने व्यक्ति संघको सञ्चालक बन्नु पर्नेमा राजनीतिक भागबन्डामा संघहरुको नेतृत्व चयन हुने गरेको छ । पाटीको कुनै पनि पदमा पुग्न नसकेका व्यक्तिहरुलाई सहकारी संघ  संस्थाको सञ्चालक बनाउने परिपाटीको विकास हुँदै गएको छ ।

जसकारण नेपालको सहकारी अभियानले गुणात्मक फड्को मार्न सकेको छैन भने पछिल्लो समय सहकारी अभियान बदनाम बन्न पुगेको छ । सहकारी सर्वसाधारण जनताको लागि भनिए पनि पाटी र तिनका कार्यकताको पेवा बन्न जाँँदा यसको गरिमा घट्दै गएको छ  । सभाले रामशरण शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समित चयन गरेको हो । शर्मा यस अघि पनि संघको अध्यक्ष रहेका थिए । संघमा  अधिकांश पदधिकारीहरु दोहोरिएका छन् । संघमा १६ जना सञ्चालक  र ३ जना लेखा सुपरीवेक्षण समिति गरी १९ जनाको सञ्चालक समिति रहेको छ ।