शनिबार, आश्विन १७ गते २०८३

नेपाल बैंक र कृषि विकासले बढाए ब्याजदर, १० बैंकले घटाए ८ काे स्थिर


भाद्र ३१, २०८१ सोमबार
नेपाल बैंक र कृषि विकासले बढाए ब्याजदर, १० बैंकले घटाए ८ काे स्थिर

 

असोज महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर सार्वजनिक गरेका छन् । २० मध्ये अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । दश बैंकले घटाएका छन् भन दुईले बढाएका छन् । त्यसैगरी आठवटाले पुरानै ब्याजदर कायाम गरेका छन् । 

असोजका लागि नेपाल बैंक र कृषि विकास बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएर क्रमशः ५.९५ प्रतिशत र ६.०७ प्रतिशत दिने भएका छन्।

असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्टले ६ प्रतिशत, कुमारीले ६.०१ प्रतिशत, एनआईसी एसियाले ७.१८ प्रतिशत, सानिमाले ५.९० प्रतिशत र सिटिजन्स बैंकले ६.१५ प्रतिशत दिने भएका छन्। भदौमा एभरेष्टले ६.१० प्रतिशत, कुमारीले ६.७१ प्रतिशत, एनआईसी एसियाले ७.४१ प्रतिशत, सानिमाले ६.२० प्रतिशत र सिटिजन्स बैंकले ६.५० प्रतिशत दिएका थिए।

यसैगरी नबिल, एनएमबि, प्राइम, नेपाल एसबीआई र राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। असोजमा नबिलले ६.७५ प्रतिशत, एनएमबिले ६.५० प्रतिशत, प्राइमले ६.२५ प्रतिशत, नेपाल एसबीआईले ६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। 

यता प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा र सिद्धार्थ बैंकले भदौ महिनाकै ब्याजदरलाई असोज महिनामा निरन्तरता दिएका छन्। भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा प्रभुले ६।१० प्रतिशत, ग्लोबल आइएमईले अधिकतम ६.२५ प्रतिशत, माछापुच्छ्रेले ६.५० प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६.५० प्रतिशत र सिद्धार्थ बैंकले ६.५० प्रतिशत ब्याजदर दिएका थिए। त्यस्तै लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्डले पनि ब्याजदर स्थित राखेका छन्। यी बैंकले असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम क्रमशः ६.५० प्रतिशत र ७ प्रतिशत दिने भएका छन्।