मंगलबार, कार्तिक ११ गते २०८३

शुभकामना सहकारी  संस्थाको अध्यक्षमा पुनः रामप्रसाद कासुला


भाद्र ३०, २०८१ आइतबार
शुभकामना सहकारी  संस्थाको अध्यक्षमा पुनः रामप्रसाद कासुला

भक्तपुरको सूर्यविनायकस्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सभाले आगामी ४ बर्षे कार्यकालको लागि  रामप्रसाद कासुलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । कासुला यस अघि पनि संस्थाको अध्यक्ष रहेका थिए ।

यो उनको दोस्रो कार्यकाल हो । त्यसैगरी सभाले   संस्थाको उपाध्यक्षमा निर्मला सुवाल, सचिवमा पुष्पलाल तिमिला र कोषाध्यक्षमा धर्मदिप बज्राचार्य सर्वसम्मत चयन  गरेको छ । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा सिर्जना कोजु सुवाल, पुण्यश्वरी सुवाल, शिवलक्ष्मी बासुकला, नूतनदेवी श्रेष्ठ, रामबहादुर कासुला, गणेशराम कोजु, गणेश प्रधान, नरेश बासुकला र नारायण बहादुर बासुकला चयन भएका छन ।

यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद नापित, सदस्यहरुमा विष्णुभक्त कवा र गायत्री मैयाँ कोजु सर्वसम्मत चयन भएको  निर्वाचन उसमितिले जनाकारी दिएको छ ।