हाम्रो बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सम्मान तथा वित्तीय प्रविधि साक्षरता कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खाली रहेका थिए । कार्यक्रममा संस्थाले ‘हाम्रो साकोस शैक्षिक सम्मान’बाट १२५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
एसईई देखि माथिका सबै तहमा २०८०/८१ को परिक्षामा सहभागी भई उत्तीर्ण भएका सदस्यका छोरी छोरीलाई हाम्रो साकोस शैक्षिक सम्मानबाट सम्मानित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए । त्यसैगरी संस्थाले सोही अवसरमा वित्तीय प्रविधि साक्षरता कार्यक्रमको समेत आयोजना गरेको छ ।
उक्त साक्षरता कार्यक्रममा २५० जनाको सहभागिता रहेको थियो । संस्थाको आगामी निर्वाचन सहितको साधारण सभालाई लक्षित गरेर नेतृत्व पूर्व अभिमुखिकरण कार्यक्रम आयोजना गरेको र सो कार्यक्रममा ५० जना सदस्यहरुको सहभागिता रहेको जनाएको छ । कार्यक्रममा संस्थाका सञ्चालक समिति, सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य सहजकर्ता नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेम वाग्लेले गरेका थिए ।

नेपालपत्र संवाददाता