शनिबार, आश्विन १७ गते २०८३

आज १ खर्ब रुपैया निक्षेप तान्दै राष्ट्र बैंक


भाद्र ३०, २०८१ आइतबार
आज १ खर्ब रुपैया निक्षेप तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज पुन १ खर्ब रुपैयाँ बजारबाट तान्दैछ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरण जारी गर्दै बोलकबोल आव्हान गरेको हो ।

भदाै ३० गते आइतबार जम्मा हुने निक्षेपको साँवाँ तथा ब्याज राष्ट्र बैंकले असोज २० गते सम्बन्धित वित्तीय संस्थाहरुलाई भुक्तानी गर्नेछ । 

निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था रहेको छ ।