मंगलबार, कार्तिक ११ गते २०८३

किसान  बहुउद्देश्यीय सहकारीद्वारा सदस्यलाई कृषि तालिम प्रदान


भाद्र २८, २०८१ शुक्रबार
किसान  बहुउद्देश्यीय सहकारीद्वारा सदस्यलाई कृषि तालिम प्रदान

 
किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई तरकारी खेती तालिम र निःशूल्क बिउ वितरण गरेको छ । संस्थाले सदस्य किसानहरुलाई दुई दिने तरकारी खेती सम्बन्धी  तालिम तथा निःशूल्क बिउ बिजन बितरण गरेको हो ।

संस्थाले भाद्र २५ गते बाट सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशको राजापुरमा गरि २५ वटा शाखामा‘ सीप सिकौं आत्मनिर्भर बनौं ’भन्ने मुल नाराका साथ कार्यक्रम सुरु गरेको  छ । कार्यक्रम असोज २१ गते सम्म संचालन हुने संस्थाले जनाएको छ । सदस्यहरुलाई आफ्नो घर वरिपरीको जग्गालाई सदुपयोग गरि विषादी रहित स्वस्थ तरकारी उत्पादन गरि आफू र आफ्नो घरपरिवार स्वस्थ राख्नु तालिमको मुख्य उद्देश्य रहेको सस्थाका महाप्रवन्धक डम्बरबहादुर शाहले जनाए ।

संस्थाले हरेक वर्ष कृषि सम्बन्धि तालिम दिदै आइरहेको र यस वर्ष पनि तराईका २५ वटा शाखामा करिब २५ सयदेखि ३ हजारसम्म सदस्यहरुलाई तालिम प्रदान गर्ने लक्ष्य रहेको महाप्रवन्धक शाहले  जानकारी दिए  । संस्थामा ८६ हजार १२० जना सदस्य रहेका छन् ।