मंगलबार, कार्तिक ११ गते २०८३

म्यानेजर्स क्लब पर्साको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


भाद्र २८, २०८१ शुक्रबार
म्यानेजर्स  क्लब पर्साको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम  सम्पन्न

को अपरेटिभ म्यानेजर्स  क्लब पर्साको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । क्लबले विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

वीरगंजको माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा आयोजना गरिएको वित्तीय साक्षतरता कार्यक्रममा सो विद्यालयमा अध्ययनरत छात्र छात्राहरुको सहभागिता रहेको थियो । पछिल्लो समय सहकारी संघ /संस्था र क्लबहरुले विद्यार्थीहरुलाई बचतको महत्व बुझाउने उदेश्यले यस्ता कार्यक्रमहरु सचालन गर्दै आएका छन् ।

विद्यार्थीहरुलाई अहिले देखिनै  सहकारीको आवश्यकताका साथै  सहकारीमार्फत स सानो रकम बचत गर्न सिकाउने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको म्यानेजर्स क्लबले जनाएको छ । युवाहरुमा  सानो रकम बचत गर्ने वानीको विकास गर्दै जाँदा भविष्यको  लागि आवश्यक पर्ने पुँजी निमार्ण गर्न पनि यस्ता कार्यक्रमहरु सहायक सिद्ध बनेका छन् ।

विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता  कार्यक्रम सञ्चालन गर्दा थप प्रभावकारी हुने र उनीहरुमा बचत गर्नु पर्ने रहेछ भन्ने भावनाको विकास हुने आयोजकको विश्वास छ । क्लबका अध्यक्ष रविभुषण श्रीबास्ताबको अध्यक्षतामा भएको तालिममा सहकारी बैंकका वीरगंज शाखा प्रमुख सन्जय महतोले प्रशिक्षण दिएका थिए । सो कार्यक्रमको प्रमुख अथिति म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष जिष्णु बराल रहेका थिए ।