भारतीय कम्युनिस्ट पार्टी ९मार्क्सवादी० का महासचिव सीताराम यचुरीको निधन भएको छ । येचुरीको आज दिउँसो दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी केही समयदेखि बिरामी थिए । ७२ वर्षका यचुरीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
गएको सेप्टेम्बर १० मा सीपीएमले जारी गरेको विज्ञप्तिमा यचुरीलाई श्वासप्रश्वाससम्बन्धी गम्भीर संक्रमण भएको बताइएको थियो। येचुरीको निधनमा सीपीएमले दिल्लीस्थित र्कायालय मा झण्डा आधा झुकाएको छ ।