विश्व साक्षरता दिवसको अवसर पारेर महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विभिन्न सार्वजनिकरसामुदायिक शैक्षिक संस्थाहरूमा आवश्यक स्तरोन्नति, शौचालय निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्ने प्रतिवद्धता ।
यसबाट संयुक्त राष्ट्रसंघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफा पानी र सरपसफाइमा सबैको पहुँच’ हासिल गर्न सहयोग पुग्ने साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ तथा शौचालय सुविधाहरूमा पहुँच अभिवृद्धि गर्ने बैंकको नितिअनुरूप प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहक रहेका छन् ।
नेपालपत्र संवाददाता