नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आज एक खर्ब रुपैयाँ खिच्ने भएको छ। बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रिय बैंकले एक खर्ब रुपैयाँ खिच्न लागेको हो।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
बोलकबोलको माध्यमबाट ब्याजदरको निर्धारण हुने निक्षेपको साँवा तथा ब्याज भुक्तानी असोज १३ गते हुनेछ।
घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने बैंकले जनाएको छ।
नेपालपत्र संवाददाता