काठमाण्डाै । क. पुष्पलालको जन्म शत बार्षिकीकाे सन्दर्भमा आज काठमाण्डौमा आयोजित युवा बिद्यार्थी परिसम्बाद कार्यक्रमका बक्ताहरुले कम्युनिष्ट आन्दोलनलाई बिग्रदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्षमा यूवा–बिद्यार्थीलाई श्रममा जोड्दै गरौं सशक्तिकरण,कृषि क्रान्तिद्वारा नेपाली किसानमा ल्याऔं जागरण’भन्ने महत्वपूर्ण राष्ट्रिय नाराकासाथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको कुरामा बिशेष जोड दिनु भएको थियो ।

यस कार्यक्रममा बोल्नु हुँदै कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदीले लियो टल्सटोयले भनेकोे प्रसिद्ध उक्ति कि ‘यदि हामी आफु दर्द महसुश गर्दछौं भने हामी जिउदो हुन्छौ र यदि अरुको पनि दर्द बुज्दछौ भने मानिस बन्छौ’ भन्ने कुराको स्मरण गर्दै हामीले देश र जनताको दर्द बुझेर अघि बढ्न सिक्नु पर्ने भावना ब्यक्त गर्नु भयो । उहाले जबसम्म सही नीति र देश र जनताप्रति निष्ठबान नेतृत्वका वरिपरी यूवा–बिद्यार्थीहरु गोलबन्द हुन सक्तैनन् तबसम्म मुलुकले सही दिशामा कोल्टे फेर्न र अगाडि बढ्न सक्तैन भन्ने औंल्याउनु भयो । उहाँले राष्ट्रलाई दोहन र जनतालाई शोषण गर्ने जस्तासुकै रंगरुपका शक्तिहरुले पनि सार्थक र समुन्नत जनमुखी परिबर्तनको प्रतिनिधित्व गर्न सक्तैनन् भन्ने कुरा अहिलेसम्मका यावत अनुभबले प्रष्ट पारेको र प्राकृतिक र साँस्कृतिक बरदान पाएको हाम्रो सुन्दर देलशलाई क्षत बिक्षत पार्ने षडयन्त्र भइरहेकोछ । यसमा साबधान र सतर्क रहँदै जनताको एकतालाई भाड्ने गतिबिधिका बिरुद्ध दृढतापूर्ब उभिन्नु पर्ने कुरा पनि प्रष्ट पार्नुभयो र यसमा यूवा–बिद्यार्थी सुस्पष्ट भएर अघि बढ्न सके देश र जनतको भबिष्य उज्जल छ भन्नु भयो । त्यसका लागि यूवा बिद्यार्थी र किसानमा सचेततापूर्बक जागरण र सशक्तिकरण आजको पहिलो राष्ट्रिय आवश्यकता हो भन्ने कुरा दर्शाउनु भएको थियोे ।

कार्यक्रममा नेपाली यूवा बिद्यार्थीको परिबर्तनकारी भूमिका बारे बोल्नु हुँदै अर्का बक्ता क. पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव क. शरणबिक्रम मल्लले बिदेशमुखी राजनीति र परनिर्भर अर्थतन्त्रले देशमा भ्रष्टाचार, तस्करी, करछली जस्ता अपराधहरु ब्याप्त भएको, ऋणमाथि ऋण थपिएको र यूवा बिद्यार्थीलाई देशमा बस्न सक्ने बातारण सिर्जना हुन नदिई बिदेश पलायन गराउने अबाञ्छित बाटोमा धकेलिएकोे तथा दिन प्रतिदिन देश अधोगतिको दिशामा फस्दै थलापर्ने स्थितिमा पुगेकाले आजको नेपाल र नेपाली जनतको मूलमन्त्र र मिशन नै यूवालाई रोजगारी र सशक्तिकरण तथा किसानका लागि कृषि क्रान्ति र जागरण भन्ने हुुन पर्दछ र नेपालको कम्युनिष्ट आन्दोलन मूलत: यही दिशामा केन्द्रित हुनु पर्दछ र यूवा–बिद्यार्थीले यो भूमिका खेल्नु पर्दछ भन्ने कुरा जोडदाररुपमा औल्याउनु भयो ।

बुद्धिजीवी कमरेड शिवकुमार श्रेष्ठले देश र जनतलाई सही दिशा दिन सकिने पर्याप्त आधारहरु देशमा भए पनि तिनको सही उपयोग हुन नसकेको र नेपालको भबिष्य अन्धकार तुल्याउने चलखेल भइरहेको कुरा उल्लेख गर्नु हुँदै यसका बिरुद्ध यूवा–बिद्यार्थी एक भएर उत्पादन र संघर्षमा सँगसँगै लाग्नु पर्ने यथार्थ ब्यक्त गर्नु भयो ।
यूबा बुद्धिजीवीहरूकाे समेत उपस्थित रहेकाे यस कार्यक्रममा बिभिन्न यूवा बिद्यार्थीहरुले बिभिन्न महत्वपूर्ण प्रश्न उठाउँदै देशको भयावह स्थितिलाई कसरी चिर्ने कसरी अघि बढ्ने र कसरी अनुशासित र सशक्त किसिमले सचेत र संगठित हुने भन्ने जिज्ञाषा राख्नु भयो ।
त्यसक्रममा बोल्नु हुदै र यूवा बिद्यार्थी नेता तथा अखिल नेपाल बिद्यार्थी यूनियन बागमति प्रदेशका संयोजक बालकृष्ण वोलीले कमजोरीहरुलाई हटाएर र सच्याएर सही नीति पक्रिदै अघि बढ्न सकिने बिभिन्न अनुभवहरु सुनाउँनु हुँदै आत्मनिर्भर दिशामा देशलाई अघि बढाउन सकिने आधारहरु रहेको तर अहिलेसम्मका नेतृत्वकर्ताले संकीर्ण स्वार्थकै लागि देश र जनताका बिरुद्ध बिभिन्न चलखेल मात्र गर्ने गरेकोले देश र जनतको हालत बिग्रिएको र यूवा बिद्यार्थीले त्यसका बिरुद्ध दृढतापूर्बक खडा हुनु पर्ने र संघर्षको शंखनाद गर्नु पर्ने भावना ब्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा क. बालकृष्ण वलीको संयोजकत्वमा ११ सदस्यीय अखिल नेपाल बिद्यार्थी यूनियन बागमति प्रदेश कमिटीकाे गठन भएको र त्यसको आगामी बैठक असोज महिनाको पहिलो शनिवार बस्ने निर्णय भएको समेत जनाइएकाे छ ।
नेपालपत्र संवाददाता