शनिबार, आश्विन १७ गते २०८३

प्रणालीबाट ४० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक


भाद्र १९, २०८१ बुधबार
प्रणालीबाट ४० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

 

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले समयसमयमा निक्षेप संकलन उपकरणमार्फत रकम तानिरहेको छ ।

यो बैंक तथा वित्तीय संस्थाले निक्षेप जम्मा गर्न आज ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल गर्न सक्कनेछन् । २१ दिने निक्षेप संकलन उपकरणमार्फत खिचिने रकमको सावा ब्याज भुक्तानी असोज ९ गते केन्द्रीय बैंकले गर्नेछ । 

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ । यो निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने छ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ केन्द्रीय बैंकले जनाएको छ ।