शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकास बैंकले निसान गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने


भाद्र १३, २०८१ बिहीबार
महालक्ष्मी विकास बैंकले निसान गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

 

महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । 

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।