शनिबार, आश्विन १७ गते २०८३

निर्माण व्यवसायीले मंसीर मसान्तसम्म ऋण तिर्न पाउने, लाग्दैन कुनै शुल्क वा हर्जाना


भाद्र ११, २०८१ मंगलबार
निर्माण व्यवसायीले मंसीर मसान्तसम्म ऋण तिर्न पाउने, लाग्दैन कुनै शुल्क वा हर्जाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज २०८१ मंसीर मसान्तसम्ममा भुक्तानी गर्न पाइने जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले मंसीर मसान्तसम्मको समयावधि ऋणीहरूलाइ उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ । 

बैंक तथा वित्तीय संस्थाहरूले त्यस्तो कर्जाको ब्याजलाइ पुँजीकरण गर्न तथा कुनै पनि किसिमको ब्याज शुल्क हर्जाना तथा ब्याजको ब्याज लिन नपाउने राष्ट्र बैंकले सूचित गराएको छ । 

तर सहुलियत दिइएको मितिभित्र कर्जाको साँवाब्याज भुक्तानी नगरेमा भने बैंक तथा वित्तीय संस्थाबा ऋण लिँदाको पूर्वनिर्धारित शर्तबमोजिम भाखा नाघेको अवधिको पेनाल ब्याज भने संस्थाहरूले लिन पाउने राष्ट्र बैंकद्वार जारी सूचनामा जनाइएको छ ।