बुधबार, भाद्र ३ गते २०८३

पुष्पलालकाे सम्मानमा उर्जाशील कविता वाचन कार्यक्रम


भाद्र १०, २०८१ सोमबार
पुष्पलालकाे सम्मानमा उर्जाशील कविता वाचन कार्यक्रम

कमरेड पुष्पलालको जन्म शतबार्षिकीको सन्दर्भमा उहाँको सम्मानमा नवज्योति मा.वि. प्रांगणमा आज उर्जाशी कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ। विभिन्न स्थापित एवं नवोदित उर्जाबान कविहरुले  कविता बाचन गर्नुहुदै र कमरेड पुष्पलालप्रति उच्च र भावपूर्ण सम्मान प्रकट गर्नुहुँदै देश र समाजमा बिद्यमान र बिकसित बिकृति, बिसंगति र बिचलनमाथि गम्भीर प्रहार गरेकाे थियाे । याे कार्यक्रम क. पुष्पला जन्म शत बार्षिकी राष्ट्रिय समाराेह समितिका संयोजक शिवप्रसाद भटराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अध्यक्षताको आसनबाट बोल्नु हुँदै उहाँले आज जुन कबिता कबिहरुले बाचन गर्नु भयो त्यसमा अन्याय, अत्याचार, असन्तुष्टी, अवसरबाद बिरुद्ध कटाक्ष गरिएको छ र  बिद्रोह र आन्दोलनको माग गरिएको छ । यही कुरा कमरेड पुष्पलालले समग्र साहित्य र  कबिताले खेल्नु पर्ने भूमिका हो भन्ने गर्नु हुन्थ्यो । यद्यपि उहाँले कबिता  लेख्नु भएको  थाहा छैन । तर साहित्य सम्बन्धि उहाँको दृष्टिकोण शोषित पीडित जनता र राष्ट्रिय स्वाधिनताकाप्रति प्रष्ट थियो भन्नु भयो । उहाँले आफुले यूवा उमेरमा कबता लेख्ने गरेको तर त्यसलायई सम्हालेर राख्न नसकेको बताउनु हुँदै साहित्य ‘स्वान्त सुखाय’ निम्ति भन्ने कुरा गलत पूँजीवादी भाष्य हो । साहित्यले जन जागरण ल्याउन र समाज परिबर्तनका लागि ठूलो भूमिका खेल्छ र साँस्कृतिक आन्दोलनको निम्ति यसको ठूलाे महत्व छ भन्ने कुरा प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन गर्नुहुँदै राष्ट्रिय समारोह समितिका सदस्य सचिव लोकनारायण सुबेदीले कमरेड पुष्पलालले देश र जनताका समस्या हल गर्न अघि सारेका तीनवटा महत्वपूर्ण हल हुनुपर्ने अन्तरबिरोधहरु – देशीय सामन्तबाद, भारतीय एकाधिकार पूँजीबाद – (जसलाई हामी बिस्तारबाद, प्रभूत्वबाद र हैकमबाद पनि भन्ने गर्छौं) र बिश्वमै दादागिरी चलाउन अमेरिकी साम्राज्यबादबाट देशलाई मुक्त नगरी नेपाली शोषित पीडित जनता, राष्ट्रिय स्वाधिनता र राष्ट्रि एकताका समस्या कुनै पनि हल हुँदैनन् । त्यसकै लागि क्रान्तिकारी कम्युनिष्टहरुको एकताको खोजी गरिएको हो र कमरेड पुष्पलालले बामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त जन आन्दोलनको सही  नीति अघि सार्नु भएको हो । त्यसको २०३६ साला २०६२/६३ सालमा सफल परीक्षण पनि भएको हो । सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने सुत्र अर्थात जोड्ने सोल्युशन पनि त्यसैमा छ । एकताको माला जपेर एकता हुने होइन । मिलनका सही बिन्दूहरु कुन कुन हुन् ती पुष्पललाले मार्क्सबाद, लेनिनबाद र माओ बिचारधाराका आधारममा अघि सार्नु भएका मूलभूत कुरामा खोजिनु पर्दछ भन्ने कुरामा उहाँले बिशेष जोड दिनु  भएको थियो । त्यस कार्यक्रमको अन्त्यको अबसरमा उहाले पुष्पलालप्रति समर्पित ‘नौलो क्रान्ति बिचारको गहकिलो बाटो खनेको थियो’ भन्ने २०४७ मा रचना गरे एक टुक्रा कबिता पनि बाचन गर्नु हुँदै र सम्पूर्ण सहभागी कबिहरूप्रति हार्दिक धन्यबाद प्रकट कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । 

कमरेड पुष्पलालप्रति अन्तर्राष्टिय कम्युनिष्ट गीत बजाउँदै र रातो सलामी अपर्ण गर्दै तथा  देशको बिभिन्न आन्दोलनका महान शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै शुरु भएको यो महत्वपूर्ण कमरेड पुष्पलाल जन्म शताब्दी  कबिता बाचन कार्यक्रममा  कबिता बाचन गर्न र सुन्न उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरुलाई सादर स्वागत गर्नुृ हुँदै कमरेड पुष्पलालको संयुक्त जन आन्दोलनको नीतिलाई बिद्यार्थी आन्दोलनको ब्यवहारमा खरो उतार्ने पञ्चायती मण्डलेतन्त्रको अन्त्य गर्ने, स्वतन्त्र बिद्यार्थी यूनियन गठन गर्न र महत्वपूर्ण शैक्षिक मागहरू  पूरा गराउने र निर्बिकल्प भनिने गरेको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थालाई जनमत संग्रहको कठघरामा उभ्भिन बाध्य तुल्याउने संयुक्त बिद्यार्थी आन्दोलनका नेतृत्वकर्ता क. शरण बिक्रम मल्लले अब पनि सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एक भएर बर्तमान साम्राज्यबादपरस्त सामन्ती दलाल नोकरशाही पूजीवादी सत्ताका बिरुद्ध सम्पूर्ण शोषित पीडित जनता र तिनलाई प्रतिनिधित्व गर्ने क्रान्तिकारी शक्तिहरु एक भएर सशक्तरुपमा लड्नुको कुनै बिकल्पछैन भन्नु हुँदै त्यसका लागि सबै क्रान्तिकारी शक्ति तथा कबि कलाकारहरूलाई समेत कमरेड पुष्पलालको बिचार वरिपरी गोलबन्द हुन जोडदार आह्वान गर्नुभयो ।

कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य   ९४ बर्षका बयोबृद्ध नेता तथा  किसान आन्दोलनका योद्धा कमरेड नन्दन अर्यालले पनि २००९ सालदेखि २०१३ सालसम्म सामन्त बर्गको शोषण उत्पीडन बिरुद्ध किसानको हितमा चलेको आन्दोलनको सम्मान गर्दै  भोजपुरी भाषामा क्रान्तिकारी कबिता सुनाउनु हुँदै  केही अपबादलाई छाडेर बिश्वकै कम्युनिष्टहरु आन्दोलन र देशको कम्युनिष्ट आन्दोलनमा नक्कली कम्युनिष्टहरु घुसाएर   शोषित पीडित जनता र कम्युनिष्ट आन्दोलको बिरुद्ध षडयन्त्र गर्न साम्राज्यबाद सफल  भइरेको छ भन्नुभयाे । यसकाे बिरूद्ध साबधानी र सचेततापूक खडा हुनपर्ने आवश्यकता आज अझ बढेको महत्वपूर्ण कुरा उहाँले औंल्याउनु भएको थियो । 

अत्यन्तै ऊर्जाशील र क्रान्तिकारी कबिता बाचन गर्ने प्रगतिबादी तथा प्रगतिशील  कबिहरुमा बलराम तिमल्सिना, मित्रलाल पज्ञानी, मधु श्रेष्ठ, गौरा देबकोटा, बिष्णु कुमारी नेउपाने, लक्षमण उप्रेति, रत्ननिधि रेग्मी, शिब कुमार श्रेष्ठ, मोहनबहादुर केसी, शरणबिक्रम मल्ल, नरेशलाल अमात्य, गंगा कसजू लगायत हुनुहुन्थ्यो । नबज्योति माबिकी कक्षा ४ मा पढ्ने सानी बालिका लिडिया लिम्बु(पाँचथर)ले पनि आफ्नो कबिता बाचन गर्दै देशको स्थितिबारे असन्तुष्टी पोखेकी थिइन् । 

kabitabachna.jpeg