राष्ट्रिय बाणिज्य बैंकले सस्तो ब्याजदरमा अटो लोन दिने भएको छ। बैंकले ‘आरवीवी भेहिकल लोन’ फेष्टिभ अफर सार्वजनिक गरेको हो। बैंकले सवारी साधन खरिद गर्न ७.७७ प्रतिशत ब्याजदरमा नै कर्जा दिने जनाएको छ।
मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । कोटेशनमा अंकित मुल्यको विधुतीय गाडी (इभी) को हकमा बढिमा ८० प्रतिशत र पेट्रोललियम गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ ।
यो कर्जा योजनामा बैंकले स्थिर ब्याज प्रणाली लागु गर्दैछ। ग्राहकले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज तथा ०.५ प्रतिशत सेवा शुल्क लिनेछ ।
अफर २०८१ भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्मको लागि मात्र रहने जनाइएको छ । विस्तृत जानकारीका लागि ग्राहकहरूले नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन् ।