कवि पं. धरणीधर कोइराला (बि.सं. १९४९-२०३६) दार्जिलिङको नेपाली साहित्यका त्रिरत्न सू.ध.पा. (सूर्यबिक्रम ज्ञवाली, धरणीधर र पारसमणि प्रधान) मध्येका एक हुनुहुन्छ, जस्तो कि नेपालभित्रको नेपाली साहित्यका त्रिरत्नमा महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ र नाटककार बालकृष्ण समलाई मानिन्छ ।
साहित्यकार विश्वेश्वरप्रसाद कोइराला धरणीधरजीलाई दाजु भन्ने गर्नुहुन्थ्यो । कवि धरणीधरले जागृतिका धेरै कविता लेख्नुभयो । उपरोक्त कविता राणाकाल (चन्द्र शम्शेरकै पाला) मा लेखेको हो । यो कविता लेखेर पूर्वी पहाडतिर सुनाउँदै काठमाडौँ फर्किँदा पथलैयामा आईपुगेका धरणीधरजीले चन्द्र शम्शेर पनि शिकारको लागि पथलैयामा बसेको थाहा पाएपछि उनीसँग भेट गर्न पुग्नुभएछ । धरणीधरजीले भेट पाउँदा, देख्नेबित्तिकै चन्द्र शम्शेरले रिसाएर सोधे रे, “क्याहो बाजे ? आजकाल त जागजाग भनेर खुब शिलोक सुनाउँदै डुल्दैछौ रे । जाग्नु भन्या के ? के गर्न खोज्या ? मुलुकभित्र बस्ने मन छैन ?” यो कुरा धरणीधरजीले नै सुनाउनु भएको हो ।
२०३५ सालतिर नेपाल प्रज्ञा प्रतिष्ठानमा आएको मौकामा उहाँबाटै यो भोगाई सुनेको थिएँ। त्यो बेला म कवि भूपी शेरचनलाई भेट्न गइरहन्थें । प्राज्ञद्वय लैनसिंह वाङ्देल र अमर चित्रकारले उहाँलाई दुवैपट्टी आड दिई हिंडाएर मोटरमा बसाएपछि विदा गरेको विम्व सम्झन्छु। माथि उल्लेखित काव्यांशको लामो कविता छ । पहिले हाईस्कूलको पाठ्यक्रममा पनि यसलाई राखिएको थियो।
चन्द्रमणि गाैतम