मंगलबार, कार्तिक ११ गते २०८३

जनउत्थान सहकारीले पायो एक्सेस ब्रोन्च ब्राण्ड,समुदायको उत्कृष्ट संस्था बन्ने लक्ष्य


भाद्र ३, २०८१ सोमबार
जनउत्थान सहकारीले पायो एक्सेस ब्रोन्च ब्राण्ड,समुदायको उत्कृष्ट संस्था बन्ने लक्ष्य

रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्रोन्च ब्रान्ड प्राप्त गरेको छ । एसियाली ऋण महासंघले सञ्चालन गरेको एक्सेस कार्यक्रममा आवद्ध भएर संस्थाले एक्सेस ब्रोन्च ब्राण्ड प्राप्त गर्न सफल भएको हो । संस्थाले गत बर्ष सिल्भर ब्राण्ड प्राप्त गरेको थियो ।  यस बर्ष नेपालबाट जनउत्थान सहकारी संस्थाले मात्रै ब्राडको लागि अडिट गराएको थियो । 

अकुको प्राविधिक सहयोगमा नेफस्कूनद्वारा प्रर्वदित कार्यक्रममा यस अघि नेपालका २० भन्दा बढी सहकारी संस्था एक्सेस ब्राण्डमा सहभागि थिए । जनउत्थान सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाले संस्थाले ब्रोन्च ब्राण्ड प्राप्त गरेको जानकारी दिए । संस्थाको संस्थागत पुँजी ८.६० प्रतिशत पुगेको र संस्थाले सिल्भर ब्राण्ड प्राप्त गर्न सक्ने आधार  बनेको  भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा आएको समस्या र सहकारीप्रति सरकारको स्पष्ट धारणाको अभावले आक्कुले यस बर्ष सिल्भर ब्राण्ड नदिएको उनले बताए । ४० हजार १९० जना सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै  आएको उक्त  संस्था मुलुककै एक उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको छ ।

सदस्य र समुदाय केन्द्रीय  वित्तीय  गर्दै आएको संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत उल्लेख योगदान पुन्याएको छ । संस्थागत पुँजीलाई  प्राथमिकतामा राखेर अगाडि बढेको संस्थामा जगेडा कोषमा मात्रै ३४ करोड  पुगेको छ । जगेडा कोषलाई क्रमश वृद्धि गर्दै जाने र १ अर्बको कोष पुगेपछि शुन्य प्रतिशत मार्जिनमा सदस्यहरुलाई ऋण लगानी गर्ने उनले बताए । अहिले पनि संस्थाले सदस्यहरुलाई विना शुल्क ऋण लगानी गर्दै आएको छ भने सदस्य बन्दा पनि प्रवेश शुल्क नलिने गरको उनले जानकारी दिए  । संस्थाले ठुलो ऋणलाई भन्दा पनि सानो. ऋणलाई प्राथमिकता दिएका  कारणले संस्था सुरक्षित रहेको सिइओ थापा बताउँछन् ।

संस्थाले घर निर्माणको लागि बढीमा ५० लाखसम्म ऋण लागनी गर्ने गरेको छ भने व्यापार व्यवसाय र कृषिका लागि  दश ÷पन्ध्र लाखसम्म ऋण लगानी गर्ने गरेको छ । सरकारले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको भए पनि  संस्थाले  भने घर निर्माणका लागि ११ प्रतिशत, कृषि तथा व्यापार व्यवसायको लागि १० प्रतिशत र बचत धितोमा ८.५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गरेको छ । संस्थाले स- सानो ऋणलाई प्राथमिकता दिएको कारण कुल सदस्य मध्ये २७ प्रतिशत अर्थात १० हजार बढीले ऋण लिएका छन् । २२ हजार घर धुरीका ४० हजार सदस्य संस्थामा आवद्ध रहेको र त्यसका आधारमा हेर्दा ऋण लिने सदस्यको संख्या ५० प्रतिशत हुन आउने उनले बताए । एक जना सदस्यले १० हजार भन्दा बढीको शेयर  खरिद गर्न नपाउने र नाफाका लागि भन्दा पनि सदस्यलाई सेवा प्रदान गर्ने उदेश्यका संस्था अगाडि बढेको उनको भनाई छ । संस्थाबाट सदस्यले आर्थिक लाभ नभई सहज  र सरल रुपमा सेवा पाउने उनको भनाई छ ।

साधारण सभामा उपस्थित भए बापत संस्थाले  सदस्यहरुलाई परिवहन खर्च उपलब्ध नगराउने र सदस्यहरु स्वतस्र्फुत रुपमा सभामा भाग लिएर संस्थाको आर्थिक तथा बार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गर्ने गरेका छन् । संस्थाले हालसम्म ३ अर्ब ८ करोड बचत संकलन गरी २ अर्ब ९९ करोड ऋण लगानी गरेको छ । संस्थाको कूल सम्पत्ति ३ अर्ब ९५ करोड पुगेको छ ।