बैंकिङ प्रणालीमा उच्च तरलता भएपछि नेपाल राष्ट्र बैंकले एकै दिन एक खर्ब रुपैयाँ तान्ने भएको छ। निक्षेप संकलन उपकरणको प्रयोग गरी २१ दिनका लागि बोलकबोलमार्फत राष्ट्र बैंकले रकम खिच्न लागेको हो ।
निक्षेप संकलन उपकरणमार्फत् बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । संस्थाहरूले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बाेलकबाेल गर्न सक्छन्।
बजारमा तरलता अभाव हुँदा राष्ट्र बैंकले रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत प्रशोचन गर्ने गरेको छ।
नेपालपत्र संवाददाता