मंगलबार, कार्तिक ११ गते २०८३

काभ्रे बचत संघद्वारा सहकारी तालिम


श्रावण २९, २०८१ मंगलबार
काभ्रे बचत संघद्वारा सहकारी तालिम


काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारीका  संचालकलाई तालिम दिएको छ । संघले   महिला आधारशिला साकोसका विभिन्न समिति तथा उपसमितिहरुलाई तालिम दिएको हो । संघले संचालक, लेखा सुपरीवेक्षण समिति, ऋण उप समितिका पदाधिकारीहरु र उच्च व्यवस्थापन प्रमुखहरुलाई लक्षित गरि संस्था संचालन, पारदर्शिता, सुशासन, ऋण लगानी र असुलीका कानुनी प्रक्रिया तथा वित्तिय व्यवस्थापन सम्बन्धी विषयहरुमा प्रशिक्षण दिएको छ ।

साकोसमा दक्ष संचालक र लेखा सुपरीवेक्षण समिति निर्माण गर्न उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम दिइएको जनाइएको छ । तालिममा संघका अध्यक्ष उदयराम कायस्थले केहि सहकारी संस्थाहरुले सहकारी ऐन र नियमावली तथा नियामक निकायले जारी गरेको निर्देशनहरुको अवज्ञा गरि संस्था आफुखुसी प्राइभेट कम्पनी जसरी संचालन गरेका कारण सदस्यहरुबाट विश्वास गुम्दै गएको बताए ।

सहकारी ऐन, नीति, नियम र निर्देशनहरुलाई पालना एवं आत्मसाथ गर्दै अगाडी बढेका संस्थाहरुमा कुनै समस्या नरहेको उनको भनाइ थियो । १५ जनाको सहभागिता रहेको तालिमको संघका प्रबन्धक गुरुप्रसाद ढकाल तथा उप प्रबन्धक  रवि केसीले प्रशिक्षण दिएका थिए ।संघले सदस्य संस्थाहरुलाई सवल र सक्षम बनाउन साप्ताहिक रुपमा तालिम प्रदान गर्दै आएको छ । आवश्यकता अनुसार  सःशुल्क र निःशुल्क दुबै खालेको तालिम दिने गरेको संघले जनाएको छ।