पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पूर्व नेतृत्व तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता एंव नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ९नेफ्स्कून०को प्राविधिक सहयोग एवं सहजिकरणमा तालिम कार्यक्रम सम्पन्न भएको हो ।
एक दिवसीय साकोस पूर्व नेतृत्व तालिममा सल्लाहकारहरुको विशेष उपस्थितिका साथै समिति, उपसमिति, उच्च व्यवस्थापनका कर्मचारीहरु सहित २६ जनाको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख सल्लाहकार नवराज केसीबाट उद्घाटन भएकोे उक्त तालिममा स्वागत् मन्तव्य संस्थाका उपाध्यक्ष पवनराज कर्णजीतले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव देवेन्द्र श्रेष्ठले गरेका थिए भने तालिम संयोजन कपिल प्रसाद दुलाल र प्रतिवेदन तयारीको जिम्मेवारी द्वारिका गौतमलाई दिएको छ ।
सहजकर्ताका रुपमा नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहकारी सिद्धान्तमा आधारित रही नीति, विधि र पद्धति अनुरुप आफ्ना कार्यक्रम तथा कारोबारहरु संचालन गर्नुपर्नेमा जोड दिए । उनले अन्र्तराष्ट्रिय राम्रा र असल सहकारी अभ्यासबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक कृयाकलापमा सहकारीको भूमिका बढाउदै लानु पर्ने विषयमा प्रस्तुति गरेका थिए । अध्यक्ष निरन शाक्यले धन्यवाद ज्ञापन गर्दै तालिम उपलब्धीमूलक भएको बताए ।
