नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउण्ट मोटर्सबीच सम्झौता भएको छ ।
यो साझेदारीले नेपाली ग्राहकहरूलाई एमजी मोटर्सका इलेक्ट्रिक गाडीहरू खरिदका क्रममा बैंकले ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ ।
यस साझेदारीअन्तर्गत, एमजी इलेक्ट्रिक गाडीहरू, जसमध्ये एमजी जेडएस ईभी, एमजी ४ ईभी र एमजी कमेट ईभी समावेश रहेका छन् । खरीद गर्न इच्छुक ग्राहकहरूले एनआईएमबी बैंकको कुनै पनि शाखाबाट सरल वित्तीय प्राप्त गर्न सक्ने जनाइएको छ ।
बैंकले प्रतिस्पर्धी ब्याज दर र अनुकूलनशील सर्तहरूसँग इलेक्ट्रिक गाडीहरूको लागि ८० प्रतिशतसम्मको वित्तीय सहायता प्रदान गर्ने पारामाउण्ट मोटर्सले जनाएको छ ।
एनआईएमबी बैंकले एमजी इलेक्ट्रिक गाडीहरूको लागि आकर्षक ब्याज दरसहितको अटो लोन प्रदान गर्नेछ, जुन आधार दरमा १ प्रतिशत प्रिमियम प्रति वर्ष जोडिएको हुनेछ । बीस प्रतिशत अग्रिम भुक्तानी ग्राहकहरूले कुनै पनि एमजी ब्राण्डका इलेक्ट्रिक गाडी सुलभ मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ।