शनिबार, आश्विन १७ गते २०८३

प्युठानको बिजुवारमा प्रभु बैंकको शाखा, देशभर शाखा सञ्जाल ३१५ पुग्यो


श्रावण २७, २०८१ आइतबार
प्युठानको बिजुवारमा प्रभु बैंकको शाखा, देशभर शाखा सञ्जाल ३१५ पुग्यो

 

प्रभु बैंक लिमिटेडले ३१५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्युठान नगरपालिकाको वडा नं। ४ बिजुवारमा नयाँ शाखा खोली सेवा सञ्चालनमा ल्याएको हो ।

जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको जनाएको छ ।

बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत् करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।