सिन्धु बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा १८ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ।
उक्त कार्यशालामा आइडल साकोस सप्तरी, बडहरी साकोस धनुषा, त्रिवेणी साकोस सर्लाही, चन्द्रोदय साकोस रौतहट र सिन्धु साकोस सिन्धुलीका उ कार्यसमिति सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा नेफ्स्कूनका अधिकृत राजेन्द्र ढकालले प्राविधिक सहयोग गरेका थिए । जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न सम्पन्न भएको थियो ।

नेपालपत्र संवाददाता