एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातासम्बन्धी विवरण अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले ग्राहकहरूलाइ स्थायी लेखा नम्बर उपलब्ध गराउन भनेको हो ।
ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागमार्फत् जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा दाखिल गर्नुपर्ने भएको जनाउँदै बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपबाट प्यानको जानकारी अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो ।
एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत प्यान अध्यावधिक गर्नका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।