शनिबार, आश्विन १७ गते २०८३

जरिवाना अख्तियारको खातामा सिधै जम्मा हुने व्यवस्था मिलाउन बैंकहरूलाइ परिपत्र


श्रावण २४, २०८१ बिहीबार
जरिवाना अख्तियारको खातामा सिधै जम्मा हुने व्यवस्था मिलाउन बैंकहरूलाइ परिपत्र

 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई जरिवानाको रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको खातामा जम्मा गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार राष्ट्र बैंकले बैंकहरूलाई ७७ जिल्लामा राजस्व जम्मा गर्न सहजीकरण गराउन राष्ट्र बैंकले भनेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९।८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय भित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय राजस्व खाता नम्बर १४३१२ खुलाई कोड नम्बर २०६००३५०१ मा ७७ वटै जिल्लाबाट राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाइदिन राष्ट्र बैंकसँग आग्रह गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह अनुसार सरकारी कारोबार गर्ने बैंकहरूलाई राष्ट्र बैंकले उक्त निर्णय कार्यान्वयन गर्न भनेको हो।