सिड्नी । अष्ट्रेलिया । नइ एकेडेमी अस्ट्रेलियाले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई प्रदान गर्दै आईरहेको “नइ प्राइड अफ द इयर अवार्ड “ सम्पन्न भएको छ । एकेडेमीले यस पटक विभिन्न ५ विधामा अवार्ड प्रदान गरेको छ । अगष्ट ३ तारिख शनिवार ग्राभिनको बार्दली फंक्सन सेन्टरमा आयोजित औपचारिक समारोहको उद्घाटन न्यू साउथ वेल्स राज्य सिटी पारामाटा स्टेट संसद डोना डेभिसले बधाइ पठाएकी थिइन भने महावाणिज्यदूत सञ्जिव राज्य शर्मा लगायतका अतिथिहरुले सम्बोधन गरेका थिए ।
नइ एकेडेमी अस्ट्रेलिया अध्यक्ष सिमा रोसीले नई प्रकाशनले नेपाली कला, संस्कृति, भाषा, साहित्य, विज्ञान, प्रविधि, खेलकुद, सामाजिक सेवा र सद्भावमा जस्ता विविध क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाइ नइ अवार्डद्धारा सम्मान गरिएकोछ। एकेडेमीले गतवर्ष महिला सशक्तिकरणलाइ प्रोत्साहान गर्दै विविध क्षेत्रका तीन जना महिला व्यक्तित्वहरुलाइ “वोमन अफ द ईयर” अवार्डद्धारा सम्मान गरेको छ । यस वर्ष एकेडेमीले महिला र पुरुष दुबैलाई लक्षित गर्दै भाषा, साहित्य, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक सद्भाव तथा समाजसेवा जस्ता क्षेत्रका विविध पक्षलाइ सम्मान गरेको हो।
यस वर्षको नइ विशेष सम्मान नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बहुभाषिक कवि सन्तोष कुमार पोखरेललाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय साहित्य र संस्कृतिको प्रवर्द्धनमा कविले अतुलनीय योगदान पुर्याएको भन्दै लागि अस्ट्रेलियन डलर ५०० सहित कवि पोखरेललाई विशेष सम्मान गरिएको हो।
त्यसैगरी एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, डा. मनोज कुमार सिंह, ओम ढुंगेल, रानी दिदी मोना र तकदिर अधिकारी सम्मानित भएका छन्।
सम्मान उद्घोषण कार्यक्रममा एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेलले नई प्रकाशनले विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान सहित अवार्ड प्रदान गर्नु सहरानीय कार्य रहेको बताए ।
बाल कलाकार अक्क्षिता तिमिल्सिनाको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा नई एकेडेमी अस्ट्रेलिया उपाध्यक्ष जेनिशा गौतमको संयोजन तथा सचिव प्रनब विक्रम थापाको उप–संयोजन रहेको थियो । कार्यक्रमको सञ्चालन बाल मुकुन्द तिमिल्सिनाले गरेका थिए ।
औपचारिक कार्यक्रम पश्चात् सुरु भएको कार्यक्रमको दोस्रो भाग सांस्कृतिक तीज कार्यक्रममा दुई कलाकार जेनिशा गौतम र सुशील कटुवालले आफ्नो प्रस्तुति राख्दै गर्दा कार्यक्रम हल तीजमय बनेको थियो । कार्यक्रममा एनआरएनएका पदाधिकारी तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपालपत्र संवाददाता