शनिबार, आश्विन १७ गते २०८३

नबिल बैंकले कमायाे ७ अर्ब ६ करोड, वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा आर्जन


श्रावण २१, २०८१ सोमबार
नबिल बैंकले कमायाे  ७ अर्ब ६ करोड, वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा आर्जन

नबिल बैंक गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । त्यस अविधमा बैंकले ७ अर्ब ६ करोड खुद नाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा १०.२४ प्रतिशत बढी नाफा गरेको हो । 

बैंकले गत आवमा ४ खर्ब ६२ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा १६ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकि अघिल्लो आवमा बैंकको ब्याज आम्दानी १७ अर्ब ७४ करोड रुपैयाँ थियो ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ३ खर्ब ९६ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको कर्जा लगानी र निक्षेप बढेको छ ।

गत असारसम्म बैंकको जगेडा कोषमा २८ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । गत आवमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको छ । बैंकले गत आवको नाफाबाट १४.२६ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।