शनिबार, आश्विन १७ गते २०८३

नव दीपज्योति महिला उत्थान साकाेसको १९औं साधारणसभा सम्पन्न

आश्विन १४, २०७८ बिहीबार
नव दीपज्योति महिला उत्थान साकाेसको १९औं साधारणसभा सम्पन्न

काठमाण्डौको चाबहिलमा रहेको नव दीपज्योति महिला उत्थान बचत तता ऋण सहकारीले १९औं साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष हिरामाया लामाले गत आर्थिक वर्ष २०७७।०७८को अन्त्यसम्म संस्थाको शेयरपुँजी १ करोड ५७ लाख ८४ हजार पुगेको जानकारी दिइन् । संस्थाको बचत संकलन १३ करोड ३६ लाख ८४ हजार र कर्जा लगानीमा १४ करोड ३१ लाख ७४ हजार पुगेको छ । संस्थाको जगेडा कोषमा ७५ लाख ८६ हजार रहेको उनले जानकारी दिइन् ।

संस्थाका सचिव रितु तामाङले चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम तथा बजेट प्रतिवेदन पेश गर्दै नेफ्स्कुद्वारा सञ्चालित जोखिम व्यवस्थापन कार्यक्रम कर्ब्स कार्यक्रममा सहभागिता जनाइएकाे, दैनिक ज्यालादारी, दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लुमन्ति संस्थासँगको सहकार्यमा अनुदान रकम प्रदान गरिएको, पाथीभरा करिडोरबाट विस्थापित १० घरधुरीलाई घर निर्माणका लागि ऋण प्रदान गरिएको जानकारी गराएकी थिइन् ।