शनिबार, आश्विन १७ गते २०८३

एनआइएमबी बैंकले बीवाइडी ब्राण्डका गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने


श्रावण १८, २०८१ शुक्रबार
एनआइएमबी बैंकले बीवाइडी ब्राण्डका गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बीवाइडी ब्राण्डका गाडी किन्दा ८० प्रतिशतसम्म कर्जा दिने भएको छ। बैंक र साइमेक्स इंक प्रालिबीच बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको हो । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको बैंकले बताएको छ ।

समझदारी पत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बीवाइडीका सबै मोडेलहरूको खरिदका लागि बैंकले ८० प्रतिशतसम्म कर्जा दिनेछ । बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआईएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने छ । बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउने जनाएको छ ।