आइतबार, आश्विन १८ गते २०८३

तेहरानमा हमास प्रमुख मारिएपछि इरानले दियो ‘मुल्य चुकाउनुपर्ने’ चेतावनी


श्रावण १६, २०८१ बुधबार
तेहरानमा हमास प्रमुख मारिएपछि इरानले दियो ‘मुल्य चुकाउनुपर्ने’ चेतावनी

 

हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा इजरायलद्वारा गरिएको आक्रमणमा मारिएको जनाएको छ। हमासले एउटा विज्ञप्ति जारी गर्दै इस्माइल हानियाको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए। इजरायली अधिकारीहरूको कुनै आधिकारिक धारणा नआएको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

हमासका अनुसार कतारमा बस्ने गरेका हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा सहभागी हुन तेहरान आएका थिए ।

हमासका एक वरिष्ठ अधिकारी मुसा अबु मारजोकले आक्रमणलाई कायरतापूर्ण कार्य भन्दै बदला लिन आह्वान गरेका छन् ।

इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इरानी भूमिमा आएका पाहुनालाइ मारेकोमा इजरायलले पछुताउनुपर्ने बताएका छन् । इरानले आफ्नो ूभूमिको अखण्डता, प्रतिष्ठा र सम्मानू को प्रतिरक्षा गर्ने उद्घोष उनले गरेका छन्। 

इरानका सर्वोच्च नेता आयातूल्लाह अली खामनेईले हानियाको हत्याको प्रतिशोध लिनु ूतेहरानको कर्तव्यू भएको भन्दै इजरेले दण्ड पाउने काम गरेको बताएका छन्। उक्त घटनामा मृत्यु भएको इरानको रेभलूशनरी गार्ड कोरले जनाएको छ।