आइतबार, कार्तिक ९ गते २०८३

प्रभु बैंकले बागलुङमा एकैदिन चार वटा नयाँ शाखा खाेल्याे


श्रावण १५, २०८१ मंगलबार
प्रभु बैंकले बागलुङमा एकैदिन चार वटा नयाँ शाखा खाेल्याे

प्रभु बैंकले एकैदिन चार वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका( ७, बोवाङ, निसीखोला गाउपालिका -५, निसी, वडिगाड गाउँपालिका-२, खरबाङ र वडिगाड गाउँपालिका-७, भिमगिठेमा ४ वटा शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संस्थापक अध्यक्ष तथा सांसद देवी प्रकाश भट्टचनले गरेका हुन् ।

कम्पनीले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको बताएको छ ।

यसका साथै कम्पनीले यस प्रकारको अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि जनाएको छ ।

सञ्चालनमा आएका बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।