बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले पाँच दिने उद्घोषण तालिमको आयोजना गरेको छ । आफ्नै भवनमा आयोजना गरेको उक्त तालिममा संस्थाका सञ्चालक समिति, कर्मचारी,सदस्य र विभिन्न उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
तालिममा कसरी उद्घोषण गर्ने भन्ने विषयमा सहभागिहरुलाई प्रशिक्षित गरिएको संस्थाले जनाएको छ । यसैगरी संस्थाले १७ औं स्थापना दिवसको अवसर पारेर भोली वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । स्थानीय समुदाय र सदस्यहरुलाई रक्तदान जस्तो पवित्र कार्यमा सहभागि भएर मानविय सेवा प्रदान गर्न संस्थाले आव्हान गरेको छ।
नेपालपत्र संवाददाता