शनिबार, आश्विन १७ गते २०८३

बैंकहरुलाई राष्ट्र बैंकको सुविधा,साउनमा उठेको ब्याज असारमा नै गणना गर्न पाउने


श्रावण १५, २०८१ मंगलबार
बैंकहरुलाई राष्ट्र  बैंकको  सुविधा,साउनमा उठेको ब्याज असारमा नै गणना गर्न पाउने

 नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि नयाँ सुविधा दिइएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै  असारमा नउठेको ब्याज साउनमा  उठे पनि गत आर्थिक वर्षकै मान्न पाउने व्यवस्था गरेको छ ।  केन्द्रीय  बैंकले  एक्रुअल बेसिसमा आम्दानी देखाइएको ब्याज साउनमा प्राप्त भएमा सो रकमलाई गत आवकै मान्न पाउने  सुविधा दिएको  हो ।

केन्द्रीय बैंकको सूचनामा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम आ.व.२०८०/८१ मा प्रोदभावी आधार (एक्रुअल बेसिस)मा लेखांकन गरिएको ब्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ ।’

हालसम्म एनफआरएस लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आ.व. २०८०/८१ मा पाकेको ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुले आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउने व्यवस्था गरेको छ ।