हिमालयन बैंक लिमिटेडले बनेपाको एक शाखा स्थानान्तरण गरी पनौति लगेको छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी साविक स्थानबाट करीब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका वडा नं ७ मा सारेको हो । पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बंैकका नायव प्रमुख कार्यकारी अधिकृत श्री अनुप मास्के, बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा शाखा उदघाटन गरेका हुन् ।
बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल सहित र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।