शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा राम कुमार थापा


श्रावण ११, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा राम कुमार थापा

 

राष्ट्रिय वाणिज्य बैंकले राम कुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा पदाेन्नति गरेकाे छ। बैंक सञ्चालक समितिको बैठकले 
मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरेकाे हाे । 

२०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।