शनिबार, आश्विन १७ गते २०८३

बैंक दर र नीतिगत दर घटाइयाे, ६.५ र ५.० प्रतिशत कायम


श्रावण ११, २०८१ शुक्रबार
बैंक दर र नीतिगत दर घटाइयाे, ६.५ र ५.० प्रतिशत कायम

 

नेपाल राष्ट्र बैंकले नयाँ माैद्रिक नीतिमार्फत ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गर्ने भएकाे छ ।   ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको छ । 

बैंक दरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने भएकाे छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई भने निरन्तरता दिइएको माैद्रिक नीतिमा उल्लेख छ ।